गरिब देशहरुले कोरोना खोप पाउनेबारे गम्भीर चिन्ता बीबीसी

22
SHARES
123
VIEWS

जर्मनीकी चान्सलर एन्जेला मर्केलले कोभिड–१९ को खोप सम्बन्धी गरिब देशहरुले पहुँच पाउने कुरामा गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

अहिले भइरहेको जी–ट्वेन्टी सम्मेलनमा बोल्दै उनले सबै राष्ट्र प्रमुखहरुमा खोपको निस्पक्ष वितरण सम्बन्धी कुरा उठाएकी हुन् । यो विषयमा डब्लूएचओ सहित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था लागिरहेको भए पनि प्रगति एकदम सुस्त र कम देखिएकाले यो मुद्दालाई ‘ग्लोबल भ्याक्सिन अलायन्स, गाभी’ समक्ष पनि पुर्याउने उनले बताएकी हुन् ।

उनले भनेकी छन्, “हामी अब यसबारे गाभीसँग कुरा गछौँ र छिट्टै छलफल र सल्लाह गर्नेछौँ ।” जी–ट्वेन्टी सम्मेलनमा विश्वभरका अग्रणी आर्थिक शक्तिहरु भेला हुने गरेका छन् जुन यस वर्ष साउदी अरबले आयोजना गरेको छ । महामारीका कारण योपटक भर्चुअल बैठक बस्ने निर्णय भएको हो । यसैबीच सबै धनी राष्ट्रहरुले गरिब र विपन्न मुलुकलाई सहायता गर्ने र कोभिडका कारण नराम्ररी क्षति पुगेकाहरुलाई पनि आर्थिक मद्दत उपलब्ध गराउने वचन दिएका हुन् । यसका लागि कति खर्च गरिने भन्नेबारे चाहिँ स्पष्ट जानकारी दिइएको छैन । कोरोनाको उपाचारको सबैलाई सहुलियतपूर्ण र बराबर पहुँच दिलाउने उनीहरुले बैठकको अन्त्यमा पनि एकसाथ बताएका हुन् । यसमा ‘एउटा देश पनि पछि परेमा हामी सबै पछि पर्ने’ सम्मेलनपछि साउदीका अर्थ मन्त्री मोहोम्मद अल जदानले पनि भनेका हुन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले चाहिँ गरिब देशहरुलाई खोपका धेरै डोज दान गर्न औद्योगिक सहकारिताको अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार