झापा । गाईको बाच्छो काटेर खाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।
झापाको दमकबाट दमक ७ का २० वर्षीय बब्लु अली, सोही ठाउँका ४२ वर्षीय ढकराज रामदाम, २७ वर्षीय छोटे अली र २९ वर्षीय प्रदीप सुवेदी पक्राउ हुन ।
गाईको बाच्छो काटेर घरमा मासु लुकाइरहेको अवस्थामा शुक्रबार बेलुका प्रहरीले ती ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका नै बाच्छो काटेको खुल्न आएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनीहरूमाथि गौहत्याको अभियोग लगाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
Discussion about this post