अछाममा थप २ जनामा कोरोना पुष्टी

15
SHARES
82
VIEWS

अछाम थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

बान्नीगढी जयगढ गाँउपालिका वडा नम्वर ५ का ४० र ६० बर्षका २ जनामा पुरुषमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताउनुभयाे ।

सुचना अधिकारी बिष्टका अनुसार प्रयोगशालामा बाजुराका एक जनामा समेत कोरोना पुष्टी भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ३ का ४५ बर्षिय पुरुषमा कोरोना देखिएको हो ।

अछाम जिल्लामा कुल कोरोना संक्रमित संख्या ११ सय ६१ पुगेको छ ।

जसमा २८ जना सक्रिय संक्रमित रहेका छन् भने ४ जनाको कोरोना संक्रमण बाट मृत्यु भईसकेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार