नेकपा फुट्दैन, फुटाउन दिइँदैन: भीम रावल

17
SHARES
92
VIEWS

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टी नफुट्ने दावी गर्नुभएको छ ।

नेकपा भित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताउनु भएको छ ।

नेकपा वडा नम्बर १० घुघुरकोट महतागाउँमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उहाँले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभयो ।

पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने उहाँको भनाई रहेको छ ।

यस्तै नेपाली काँग्रेसका नेताले जनतामा नेकपा फुट्छ भनेर भ्रम छरेकोप्रति आश्चर्य प्रकट गर्नुभएको छ । उहाँले कम्युनिष्ट पार्टी फुटेमा राज गरुला भन्ने काँग्रेसका दिवा सपना मात्रै भएको धारणा व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार