अछाममा सामुहिक कुटपिटमा गम्भीर घाइते एक दलीत युवकको मृत्यु

64
SHARES
353
VIEWS

सामुहिक कुटपिट परी गम्भीर घाइते युवकको मृत्युु भएको छ ।

अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया दीपक टमट्टाको कुटपिटबाट मृत्यु भएको हो ।

सामान्य विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका टमट्टाको कोहलपुरमा उपचारका क्रममा ज्यान गएको आफन्तले बताएका छन् ।

गत कार्तिक १९ गते राती आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तको भनाई छ ।

युवाहरूको आक्रमणबाट घाइते भएका उनको उपचारको क्रममा मङ्सिर २ गते नै मृत्यु भएको भए पनि बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्तले जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो ।मृतक टमट्टामाथी कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार