देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

30
SHARES
164
VIEWS

काठमाडौं । नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् ।

योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् । यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार