अरिङ्गालले टोकेर गम्भिर घाइते भएका रावललाई काठमाडौँ लगियो

115
SHARES
640
VIEWS

अछाम । अछाममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरिङ्गालले टो’केको थियो ।

अरिङ्गालको टो’काइबाट गम्भिर घाइते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो ।

यहाँ उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए ।

हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार