जन्ती बोकेको जीप दुर्घटना, ६ बच्चासहित १४ को मृत्यु

82
SHARES
458
VIEWS

काठमाडौं। भारतकाे उत्तर प्रदेशको प्रतापगढ जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ बच्चासहित १४ जनाको मृत्यु भएको छ।

बिहीबार राति सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन्।

प्रहरीले चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान गरेको छ। रोकिरहेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ। प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ।

मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन्।

उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए।जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार