आजको पञ्चांग : आज मिति २०७७ मंसिर ५ गते शुक्रबार, इस्वीसंवत नभेम्वर २० तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक शुक्लपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज कात्तिक शुक्लपक्षको षष्ठी तिथि रहनेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा कौलव, आनन्दादि योगमा आनन्द रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २६ घटि ३५ पला अर्थात १० घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ३० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ८ मिनेटमा हुनेछ । आज राष्ट्रिय बाल दिवस र छठ पर्वको व्रत बस्ने दिन रहेको छ ।
साइत : आज चन्द्रमा मकर राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:२८ बजेदेखि ७:४८ बजेसम्म चर बेला
बिहान ७:४८ बजेदेखि ९:०८ बजेसम्म लाभ बेला
बिहान ९:०८ बजेदेखि १०:२९ बजेसम्म अमृत बेला
बिहान १०:२९ बजेदेखि ११:४९ बजेसम्म काल बेला
बिहान ११:४९ बजेदेखि १:०९ बजेसम्म शुभ बेला
दिनमा १:०९ बजेदेखि २:२९ बजेसम्म रोग बेला
दिउँसो २:२९ बजेदेखि ३:४९ बजेसम्म उद्धेग बेला
दिउँसो ३:४६ बजेदेखि ५:०९ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०:३० देखि १२:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
Discussion about this post