कुँवर र रावल नेकपा जिल्ला कमिटी सदस्यमा मनोनित

25
SHARES
137
VIEWS

अछाम । नेपाल कम्युष्टि पार्टी नेकपा अछामको जिल्ला कमिटी सदस्यमा हाम्रो सफलता एफएमका अध्यक्ष, तथा प्रेस संगठनका केन्द्रीय सदस्य राजेन्द्र कुँवर र प्रेस संगठनका जिल्ला संयोजक नरेन्द्र रावल जिल्ला कमिटी सदस्यमा मनोनित हुनुभएको छ ।

उहाँहरु दुवै जनालाई नेकपाको चोथौ पूर्ण वैठकले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हाे । कुँवर र रावल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको छ ।

जिल्ला कमिटीमा निर्वाचित भएपछि कुराकानी गर्दै नवनियुक्त जिल्ला कमिटी सदस्य कुँवरले वडादेखि पालिका र जिल्ला कमिटीलाई सशक्त बनाउनको लागि भूमिका निर्वाह गर्ने बताउनुभएको छ । कुँवरले १२ वर्षको उमेरदेखि सक्रिय राजनीति सुरुवात गर्नुभएको थियो ।

कुँवर २०५१ सालमा अखिलको जिल्ला कमिटी सदस्य, २०५३ मा कोषाध्यक्ष, २०५४ देखि २०५७ सालसम्म जिल्ला कमिटी उपाध्यक्ष, २०५४ सालमा ईलाका कमिटी सचिव, २०५६ सालदेखि २०६४ सालसम्म पार्टीको प्रचार विभाग सदस्य र २०५४ देखि २०५६ सम्म अखिलको सदस्य हुँदै २०७७ सालमा नेपाल कम्युष्टि पार्टी नेकपा अछामको जिल्ला कमिटी सदस्य चयन हुनुभएको छ ।

यस्तै प्रेस संगठनका जिल्ला संयोजक रावल तत्कालिन नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य हुँदै अहिले दुई पार्टीको एकिकरण पछि जिल्ला कमिटी सदस्यमा चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार