‘धनगढीमा लाग्यो राजा आउ देश बचाउ’ को नारा

39
SHARES
218
VIEWS

धनगढी । राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्‍याली प्रदर्शन गरिएको छ ।

स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल ¥याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो ।

धनगढीको बुद्ध चोकबाट सुरु भएको ¥याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो । भने धनगढीको चौराहामा पुगेर कोणसभा गरिएको थियो ।

¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।

र्‍यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार