कस्तो रहला आज देशभरकाे माैसम ?

30
SHARES
165
VIEWS

काठमाडौं । आज देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसाे र राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ।

आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख पारदर्शीतामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार