नेकपाको विवाद तत्काललाई केही मत्थर

24
SHARES
134
VIEWS

काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको विवाद तत्काललाई केही मत्थर भएको छ । दुवै पक्ष पूर्ववत् अडान र रणनीतिबाट केही पछि हटेपछि तत्काललाई पार्टी विभाजनको खतरा टरेको छ ।

यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबारको सचिवालय बैठक टार्ने पक्षमा हुनुहुन्थ्यो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बैठकबाटै ओलीलाई दबाब दिने रणनीतिमा थियो ।

बालुवाटारमा दिउँसो १ बजे बोलाइएको बैठक टार्नकै लागि ओलीले त्यही समयमा बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाक्नुभएको थियो । तर प्रचण्ड समूह जसरी पनि सचिवालय बैठक बस्ने तयारीमा रहेको र त्यही बेला मन्त्रिपरिषद् बैठक राख्दा विवाद झन् बढ्ने भएपछि ओली मन्त्रिपरिषद् बैठक १ घण्टा पछाडि सारेर सचिवालय बैठकमा बस्न तयार हुनुभएको हो ।

बुधबारको सचिवालय बैठक केही समयको लागि बसेर १० दिनसम्मका लागि स्थगित भएको छ । यसबीचमा विवाद समाधानको लागि शीर्ष नेताहरुले छलफल गर्नेछन् । सचिवालय बैठक स्थगित गरेर आपसी छलफलबाटै विवाद समाधान गर्न नेताहरू तयार भएका छन् । बुधबार सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो । मङ्गलबार पनि राष्ट्रपतिसँग ओली र प्रचण्डले छुट्टाछुट्टै भेट गरेका थिए । भेटमा राष्ट्रपतिले मिलेर अघि बढ्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार