काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नाै सय १७ पुगेकाे छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
६ हजार सात सय ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।
अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
Discussion about this post