देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु

17
SHARES
95
VIEWS

काठमाडौं। कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय ०२ थपिएका छन् । आज २८ सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म २ लाख ११ हजार ४ सय ७५ संक्रमित भएपनि १ लाख ७९ हजार २ सय ४२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार