जिल्लाकाे विकाश निर्माणका कार्यहरु क्रमिक रुपमा अगाडि बढाई रहेको छु: सांसद बोगटी

33
SHARES
183
VIEWS

हरिशचन्द्र विश्वकर्मा , अछाम । प्रतीनिधी सभा सदस्य यज्ञ बहादुर बोगटीले समाजमा रहेका बिभिन्न विभेद, असमनता तथा असन्तुष्टीको अन्त्य गरि जिल्लामा बिकाशका गतिविधिलाई निरन्तरता दिईरहेको बताउनु भएको छ ।

मंगलसेन नगरपालिका वडा ३ को वडा कार्यालयको नव निर्मित भवनको उद्घाघाटन समारोहमा प्रमुख अतीथीको आसनबाट बोल्दै सांसद बोगटीले यस्तो बताउनु भएको हो ।

उहाँले जिल्लामा विकाशको गतिबिधी अगाडि बढाउने क्रममा स्वास्थ्य चौकिको निर्माणसंगै जिल्लामा ५० सैयाको अस्पताल निर्माण कार्यको तयारि अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

भवनको उद्धघाटन गर्दै साँसद बोगटीले स्वास्थ्य क्षेत्रको बिकासको लागि वडामा पनि निर्माण गर्न आवस्यक रहेकाले जग्गादान गर्न सम्बन्धीत स्थानीयलाई आग्रह गर्नु भएको छ ।

अर्को प्रशंगमा बोल्दै उहाँले चुनावताका प्रतिबद्धता अनुरुप जिल्लामा विकाश निर्माणका कार्यहरु क्रमिक रुपमा अगाडि बढाई रहेको बताउदै मंगलसेनमा नगरपालिकामा भएको पानीको अभावप्रती पनि आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ ।

खानेपानीको समस्या समाधान तथा खानेपानी योजना निर्माणको लागि आवस्यक बजेट समेत बिनियोजन भैसकेको उहाँको भनाई छ । यस्ता बिकाश निर्माणका योजानामा समुदाय स्तरमा बिबाद गर्नु भन्दा मिलेर सबैको सहकार्य गरेर अगाडि बढ्न समेत उहाँले आग्रह गर्नु भएको छ ।

वडाध्यक्ष पदम सिंह भाटको अध्यक्षता तथा नगर प्रमुख पदम बोहराको विशीष्ट आतीथ्यतामा आज (आईतबार) एक समारोहका विच नव निर्मीत वडाकार्यालय भवनको उद्धघाटन गरीएको हो ।

उहाँले आफू जनताका साथमा सधै रहेको समेत बताउनुभएको छ । साथै सम्पुर्ण अछाम बासीमा सुभ दिपावलिको पावन अवसरमा सुभकामाना ब्यक्त गर्दै देश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदि बहीनीहरुमा सुख, सान्ति, समृद्धिको कामना समेत गर्नु भएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी एवं नगरप्रमुख बोहराले नगरपालिकाले आव्हान गरेको सुचनालाई आत्मासाथ गरि पहिलो चरणमा नै वडा कार्यालय भवन निर्माणको लागी जग्गा दान गर्ने जग्गादातालाई धन्यबाद दिनुभएको छ ।

दान गर्नु सबै भन्दा ठुलो कार्य भएको भन्दै भवनका लागि जगादान गर्ने दाताको नाम सिलालेखमा लेखेर वडा कार्लयले राख्नु पर्ने बताउनु भएको छ । यता कार्यक्रमका अध्यक्ष एंव वडाध्यक्ष भाटले जग्गा दातलाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गर्दै उनीहरुको नाम ताम्र पत्रमा लेखीने उद्धघोष गर्नूभएको छ ।

भवन उद्घघाटन कार्यक्रममा विभिन्न रानितिक दलका प्रमुख एवं प्रतिनिधि, वडाध्यक्ष, वडाका कर्मचारी, युवा क्लबका प्रमुख एवं प्रतिनिधि, पत्रकार, स्थानिय लगयातको सभागिता रहेको थियो । वडा सदस्य कल्लान सिंह बोगटिले स्वागत मन्तब्यबाट सुरु भएको उद्घघाटन कार्यक्रमको संचालन वडा सचिव बाल्कृष्ण ढुंगानाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार