आज देशभर १४ सय ७७ जना थपिए, २७ सय ९८ संक्रमणमुक्त भए

10
SHARES
57
VIEWS

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सोही समयावधिमा २७ सय ९८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय २१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार