ज्यो. हरि पन्त
आज चन्द्रमा तुला राशिमा छन् त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।
आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:२६ बजेदेखि ७:४३ बजेसम्म उद्धेग बेला
बिहान ७:४३ बजेदेखि ९:०५ बजेसम्म चर बेला
बिहान ९:०५ बजेदेखि १०:२६ बजेसम्म लाभ बेला
बिहान १०:२६ बजेदेखि ११:४७ बजेसम्म अमृत बेला
बिहान ११:४७ बजेदेखि १:०९ बजेसम्म काल बेला
दिनमा १:०९ बजेदेखि २:३० बजेसम्म शुभ बेला
दिउँसो २:३० बजेदेखि ३:५१ बजेसम्म रोग बेला
दिउँसो ३:५१ बजेदेखि ५:१६ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४:३० देखि ६:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । सगरमाथा टिभिबाट
Discussion about this post