चर्चा बटुल्दै मेघजनको ‘जन्त्या भात खाईहेलु‘ (भिडियो सहित)

30
SHARES
166
VIEWS

चर्चित गायक मेघजन कडायतको देउडा गीत जन्त्या भात खाईहेलु ले पनि छोटो समयमै अहिले सांगेतिक बजारमा चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गायक कडायत दिन प्रतिदिन नेपालीको गीत संगीतको क्षेत्रमा फरक स्वादका साथ उत्कृष्ट सिर्जना बजारमा ल्याउन सफल भएका छन । गायक कडायतले पछिल्लो पटक गाएको यस देउडा गीत जन्त्या भात खाईहेलु ले पनि चौतर्फी चर्चा बटुल्न सफल भएको हो ।

करिब एक दर्जन भन्दा बढी गीत संगीतहरु बाट अशंख्य श्रोता तथा दर्शकको मन बस्न सफल गायक कडायतले पछिल्लो समयमा बजारमा आएको गीतलाई पनि अन्य गीत जस्तै मन पराइ दिनु भएको छ । बिशेष गरी लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट परिचित गायक कडायत सबै किसिमका गीत संगीतमा आफ्नो कला प्रस्तुत गर्न सफल हुन भएको छ । म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको यस जन्त्या भात खाईहेलु देउडा गीतलाई छोटो समयमा नै अत्याधिक दर्शकहरुले उच्च रोजाइमा परेको छ ।

प्रस्तुत “जन्त्या भात खाईहेल” बोलको गीतमा मेघजन कडायत चर्चित गायिका रेखा जोसीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा लय÷शब्द राजेन्द्र शाह बिपिको रहेको छ भने एरेन्जर बिनोद बाजुरेलि (स्टुडियो मालाश्री) र उत्पादक÷बितरक खप्तड डिजिटल म्युजिक प्रा.लि. रहेको छ । म्युजिक भिडियोमा मेघजन कडायत , सिमा खड्का , गोरख कडायत , कोपिला सिह र ज्ञानु रावल लगाएको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोेलाई निर्देशन भिम बिष्ट (अछामी रेखा) छायाकंन प्रकाश नागरी , दृष्य निर्माण स्टार म्युजिक हाउस र सम्पादन रबि आउजिले गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार