मंगलसेन १ का ४२ जना किशोरीलाई राहत वितरण

22
SHARES
121
VIEWS

अछाम । कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर १ मा सम्पन्न भएको छ । वाक नेपालको सहयोग र मंगलसेन नगरपालिकाको सहजिकरणमा राहत वितरण गरिएको हो ।

कक्षा सञ्चालन भएका वाक नेपालका अध्यक्षता मीन बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहेका थिए। राहत बितरण गर्दै नगरप्रमुख बोहराले बिद्यालय बिमुख किसोरिहरुलाई साक्षर बनाउन र बृहत् यौनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गरे ।

शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । कोरोना भाईरसबाट बच्नका लागि सरसफाइमा ध्यान दिने, मास्क लगाउने र भिडभाडमा नजाने लगायतका कुरामा ध्यान दिन अनुरोध गरे ।

नगर प्रमुख बोहराले ब्यावसायिक कृषि र पशुपालन तर्फ स्थानीयले जोड दिएमा नगरपालिका बाट विभिन्न अनुदानका कार्यक्रम उपलब्ध गराईने उल्लेख गरे । कार्यक्रमका बिशिस्ट अतिथि वडा अध्यक्ष गोपाल थापा रहेका थिए ।

वडा अध्यक्ष थापाले वडामा ४२ जना किसोरिहरुलाई राहत बितरण गरेकोम वाक नेपाललाई धन्यवाद दिए । संस्थालाई आगामि दिनमा पनि किशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गरिदनि आग्रह गर्दै अध्यक्ष थापाले वडाको तर्फबाट सम्पूर्ण सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरे ।

राहत बितरण कार्यक्रममा २ वटा कक्षाका ४२ जनालाई प्रतिब्यक्ति ३० किलो चामल, दाल ३, नुन २ चिनि २ तेल २ लिटरका दरले खाद्यान्न र स्वास्थ्य सामग्री गरि एक जनालाई ५ हजार ७ सय १९ बराबरको सामाग्रि बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन वाक नेपालका कविराज जोशिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार