यस्ताे छ बिहीवारकाे माैसमी अवस्था

28
SHARES
157
VIEWS

काठमाडौं । हालसम्म देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको मौसममा आंशिक बदली रहने छ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार