रुन कसैलाई मन लाग्दैन । तर जीवनमा यस्ता पलहरु आइदिन्छन् जसले कठोर मान्छेलाई पनि रुवाइदिन्छ ।
हुन त रुँदा आँखाबाट आँसु झर्छ । त्यसरी झर्ने आँसुको सम्बन्ध भने व्यक्तिको मनोदशासँग रहेको हुन्छ ।
तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी रुने गर्दछन् । चिन्तामा रहेका व्यक्तिहरु बढी रुने गर्दछन् । बढी नै रुनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । तर कहिलेकाहींको रुवाइले भने मान्छेलाई फाइदा गर्ने विभिन्न खोज अध्ययनहरुले देखाएका छन् । त्यसैले कहिल्यै नरुनु पनि स्वास्थ्यका लागि वेफाइदाजनक हो ।
अमेरिकाको बाल्टीमोरका मेरील्याण्ड युनिर्सिटीका मनोवैज्ञानिक रोबर्ट प्रोवाइन भन्छन्–रुवाइ अर्थात रुनुका धेरै फाइदाहरु छन् । जब व्यक्ति रुन्छन् तब शरीरमा रहेका विषालु तत्वहरु आँसुको माध्यमबाट बाहिर निस्किन्छ ।
थोरै समयका लागि रुनु स्वास्थ्यका लागि फाइदाजनक छ । किनभने रोइसकेपछि मनभित्रको तनावबाट मुक्ति पाउनुका साथै हलुका महसुस हुन्छ । रुँदाखेरि आँखाको नानी र परेली आँसुले भिज्ने भएकोले आँखा प्राकृतिक रुपमा सफा हुन्छ ।
सामान्यतय: मान्छे निम्न कारण आँसु बगाउँछन् :
१. जब व्यक्ति घरमा एक्लै पर्छ अथवा आफ्नो आफन्तजनबाट टाढा हुँदा उसलाई प्रायः रुन मन लाग्छ ।
२. भावनात्मक रुपमा नजिक रहेका व्यक्ति कतै टाढा जाँदा वा निधन हुँदा असह्य भएर मान्छे रुन थाल्छ ।
३. प्रेमिल सम्बन्ध बिग्रदा वा मान्छे प्रेममा पर्दा पनि आँखाबाट आँसु झर्छ ।
४. डर र चोटपटक लाग्दा वा बढी नै खुशी हुँदा पनि मान्छे रुन थाल्छन् ।
५. रुनु दुखी हुनुको लक्षण हो । रिस र क्रोध देखाउन पनि मान्छे रुन्छन् ।
एजेन्सी
Discussion about this post