श्रम मापदण्ड सम्बन्धि आधारभूत ट्रेड युनियन शिक्षा कार्यक्रम मंगलसैनमा सम्पन्न

17
SHARES
93
VIEWS

अछाम । नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामको आयोजनामा श्रम मापदण्ड सम्बन्धि आधारभूत ट्रेड युनियन शिक्षा कार्यक्रम तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै सभापति स्वारले कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे पार्टी चुप लागेर नबस्ने बताउनुभयो ।

१ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत टेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति स्वारले श्रम शोषण गर्ने विरुद्ध आफुहरु लड्न तयार रहेको पनि बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति पुष्प बहादुर शाह,प्रदेश सभा सदस्य अम्बि कुमारी थापा ,नेपाल ट्रेड युनियन काङ्ग्रेस केन्द्रिय उपमहासचिव सिताराम अवस्थी सुदुरपश्चिम् प्रदेश अध्यक्ष सिद्धराज भट्ट ,जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवर विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा महासमिति सदस्य देबराज देबकोटा,बलबहादुर कुवर,गणेश बहादुर बिष्ट ,महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट ,पदमराज अधिकारी,अन्जु मल्ल ,पाटी उपसभापति चन्द्रप्रसाद ढुंगाना ,पाटी सचिव नमबहादुर शाही ,नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश सदस्य टेकबहादुर शाह,बैतडीका अध्यक्ष बसन्त बिष्ट ,बाजुराका अध्यक्ष चक्र थापा ,तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा ,बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का ,पुर्व पाटी सचीव राम बहादुर शाही, नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य रामबहादुर शाह,जनकराज भण्डारी ,हरिप्रसाद ढुंगाना,प्रेम बहादुर रावल,पुर्ण भाट,नेपाल शिक्षक संघका शंकर बहादुर रावल ,नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका संस्थापक अध्यक्ष मदन कुवर , नेपाल तरुण दल अछामका उपाध्यक्ष रमेश बिष्ट ,नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य बिपि रेग्मी ,अछामका अध्यक्ष नृप साउद,जिपिकोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना , नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी लगायतको उपस्तिथि रहेको थियोे ।

नृप बहादुर केसिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन उपेेेन्द्र साउदले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार