कैलाली । धनगढीमा गरिएको परिक्षणमा थप ५४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १७२ नमुनाहरुमध्ये ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५४ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, गोदावरी नगरपालिकाका तीनजना, स्थानीय तह नखुलेका ८ जना, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहाँ नगरपालिका र टीकापुर नगरपालिकाका एक एक जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै बझाङका तीनजना, कञ्चनपुरको बेल्डाँडीका एकजना, महाकाली नगरपालिकाका एकजना, पुनर्वास नगरपालिकाका दुईजना र भिमदत्त नगरपालिकाका तीनजना गरी ५४ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
Discussion about this post