जिल्ला प्रशासन कार्यालय अछामद्वारा तिहारमा देउसी भैलो नखेल्न आग्रह

33
SHARES
182
VIEWS

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले यसपालीको तिहारमा दिउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाईरस संक्रमणको जोखमका कारण प्रशासनले भिडभाड नर्गन आग्रह गरेको हो ।

तिहारको बेला जिल्लामा ठुलो संख्यामा नागरिक भित्रिएका भन्दै भिडभाड नगर्न, कुनै किसिमको जमघट र भेला नर्गन पनि प्रशासनले सचेत गराएको प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले बताए ।

साथै अतिसबाजी र पटकाबाट आगलागी लगायतको क्षति हुने भएका कारण अति ज्वलनशिल पदार्थ बेचबिखन र प्रयोग नगर्न, जुवातास नखेल्न, नखेलाउन, नियमित पुजा बाहेक पशुबली तथा दर्शनका लागि जमघट नर्गन, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम आयोजना नर्गन पनि आग्रह गरिएको प्रजिअ उपाध्यायको भनाई छ ।

यस्तै खेलकुद प्रतियोगिता, रमाईलो मेला, सांस्कृतिक कार्यक्रम नर्गन, ठुलो स्वरमा ध्वनि प्रदुषण हुने गरी गितसंगित नबजाउन पनि प्रशासनले आग्रह गरेको छ । स्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम राख्न समेत प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार