चौरपाटीमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

53
SHARES
294
VIEWS

अछाम । चौरपाटी गाउँ पालिकामा नागरिक आरोग्य सेवा केन्द्रको एक समारोहका बिच उद्घाटन सम्पन्न भएको छ । नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले आम नागरिकको स्वास्थमा सहज पहुँच पुगाउनका लागि आरोग्य केन्द्र स्थापना गरेको बताउनु भयो ।

चौरपाटी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाले स्वास्थ सेवाको प्रभाबकारी र स्तरिय सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गर्नु भयो ।सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मंन्त्रालय स्वास्थ निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ केन्द्रको आयोजनामा भएको उदघाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सचिवालय सदस्य एंब चौरपाटी गाउँ पालिकाका इन्चार्ज रामबहादुर थापा नेपाली काग्रेश चौरपाटी गाउँ पालिकाका सभापति गणेशबहादुर शाह जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख गजेन्द्र प्रसाद कुश्वहा लगाएतले शुभकामना दिनु भएको थियोे ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ५ लुग्राका वडा अध्यक्ष टेकबहादुर खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा लगाएतको सहभागीता रहेको उदघाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष शालिभान साउदले स्वागत गर्नु भएको थियोे भने स्वास्थ संयोजक कमल साउदले संचालन गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार