निर्धनले दियो समुहका ३९ जना सदस्यलाई ३ लाख ९० हजार

49
SHARES
271
VIEWS

टेकबहादुर थापा , अछाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था अछामले कोभिड १९ बाट प्रभावित विभिन्न समुहका सदस्यहरूलाई राहत तथा अनुदान वितरण गरेको छ । यो अवस्थामा ब्यवसाय गरिरहेका र कोभिडले समस्यामा परेका सदस्यहरूलाई ब्यवसाय पुन स्थापना राहात तथा अनुदान कार्यक्रम अन्तर्गत रकम दिईएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था शाखा कार्यालय अछामका प्रमुख ओमनाथ मिल्सिनाले जानकारी दिनुभएको छ ।

शाखाले मंगलसेन नगरपालिकाका विभिन्न वडामा रहेका समुहका सदस्य हरूलाई प्रति सदस्य १० हजारका दरले ३९ जनालाई वितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच ३ लाख ९० हजार रूपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ । ब्यवसाय गरिरहेका तर समस्यामा परेका सदस्यहरूलाई थप प्रोत्साहन दिनका लागि यो कार्यक्रम अगाडि बढाईएको बताईएको छ । निर्धनले जिल्लाका विभिन्न ठाउँमा रहेका समुहका सदस्यहरूलाई बेला बेलामा आयमुलक तथा राहतका गतिविधि अगाडि बढाईरहेको छ ।

समुहकि सदस्य कर्ण कुमारी शाहीको अध्यक्षतामा भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले बैंक तथा वित्तीय संस्था बाट लिएको रकमको सहि सदुपयोग गरेमा भविष्य उज्ज्वल हुने बताउनुभएको छ । समाजमा यस्ता संस्था बाट लिएको रकमको दुरुपयोग गर्ने प्रबृत्ति बढेकाले त्यसो नगरि बैक बाट लिएको रकम उदेश्य अनुसार योजना बनाएर लगानी गर्न समेत सुझाव दिनुभएको छ ।

यस्ता संस्था बाट भरपुर फाइदा लिनुपर्ने बताउदै अवसरलाई नछोडन समेत अनुरोध गर्नुभएको छ । सोही अवसरमा बोल्दै वडा न ६ का अध्यक्ष जनकराज भण्डारीले वित्तीय संस्थाले समाजमा सकारात्मक काम गर्दै आएकाले अब महिलालाई आत्म निर्भर संगै नैतिक शिक्षा दिन समेत सुझाव दिनु भएको छ । समाजमा पछिल्लो समयमा विकृति बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष भण्डारीले यश तर्फपनि संस्थाले आफना गतिविधि अगाडि बढाउनुपर्ने सुझाव दिनु भएको छ ।

निर्धन उत्थान लघुवित्त संस्था अछाम शाखाका प्रमुख ओमनाथ तिमल्सिनाले समाजमा सबै क्षेत्र बाट पछि परेका र पारिएका महिला दिदी बहिनिहरूको क्षेत्रमा काम गर्न पाउदा खुसी लागेको भन्दै आफ्ना गतिविधिले समाजसमाजका दिदि बहिनिको आर्थिक अवस्था बलियो भएको बताउनु भएको छ । निर्धनले जिल्लामा सबैभन्दा उत्कृष्ट काम गरेको दाबी गर्दै समुहका सदस्यको साथले आफुलाई काम गर्ने थप हौसला मिलेको बताउनुभयो ।

कार्यक्रममा सहभागी महिला सदस्य हरूले संस्थाले गरेको कामको प्रसंसा गरेका थिए । संस्थाका कर्मचारी नरेश खातिको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संञ्चालन संस्थाका लेखापाल रवि गौतमले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार