अछाम – जिल्लाको मेल्लेख गाउँपालिकाबाट नियमित बस सेवा सुचारु हुने भएको छ । मेल्लेख गाउपालिकाद्वारा संञ्चालित बस बुधबार देखि नियमित रुपमा सञ्चालन हुने भएको हो ।
आज बसेको मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरे अनुसार बसको रुट प्रमिट,भाडादर कायम गर्दै कार्तिक २६ गतेदेखि दुईवटा बस नियमित संचालन गर्ने निर्णय गरेको छ । तत्काल बस बिन्धेबासनि चौखुट्टे,मेल्लेख नन्देगडा साँफेबगर,बयलपाटा जयगढ, मंगलसैनसम्म संञ्चालन हुने जनाएको छ ।
बस संचालनको लागि आजकै बैठकबाट भाडादर पनि कायम गरेको छ । एककिलोमिटर बराबर पक्की सडकमा ४रुपैया ५पैसा र कच्ची सडकमा ९ रुपैया ५ पैसाका दरले भाडादर कायम गरिएको छ । यस्तै मेल्लेख गाउपालिकको बिकटमा रहेका वडा मध्ये वडा न ३ ठाटि र ऋषिदह वडा न १ र २ का जनता लाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्ने पनि निर्णय गरिएको छ ।
साथै मेल्लेख गाउपालिकामा कृषि पकेट क्षेत्र संचालनको लागि कृषि पकेट क्षेत्र संचालन कार्य विधि २०७७ पनि पारित गरएको छ । यस्तै गाउपालिकाबाट यस अघि गरेका बिकास निर्माण र आबश्याकताको आधारमा आगामि दिनमा गर्नु पर्ने बिकास निर्माण तथा अन्य कार्यक्रमको बिषयमा समिक्षा पनि गरेको गाउँपालिकाले जनाएको छ ।
गाउपालिकाका अध्यक्ष लोक बहादुर बोहोराको अध्यक्षतामा भएकोको बैठकमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यको उपस्थिति रहेको थियो । बैठकको संचालन मेल्लेख शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र खडकाले गर्नु भएको थियो ।
Discussion about this post