अछाम जिल्लामा थप २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
कमलबजार गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा आज २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार जिल्ला अस्पताल मंगलसेन बाट स्वाव संकलन गरिएका डडेलधुराको अमरगढी नगरपालीका वडा नं ६ र अछामको साफेबगर नगरपालिका ७ का २८ र २९ बर्षका पुरुषमा सङक्रमण पुष्टी भएको हो ।
कमलबजारको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना परीक्षण गर्दा २ जनामा सङक्रमण पुष्टी भएको हो ।
Discussion about this post