देशभर थप २ हजार ९ सय ९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु

14
SHARES
79
VIEWS

काठमाण्डौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नौ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै गएको २४ घण्टामा चार हजार पाँच सय जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५२ हजार नौ सय आठ पुगेको छ ।

अब नेपालमा ३४ हजार नौ सय पाँच जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार