कोरोना संक्रमित सुदूरपश्चिमका कानून मन्त्री शाहलाई उपचारका लागि काठमाडौं लगियो

47
SHARES
262
VIEWS

कोभिड–१९ बाट संक्रमित भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्यस्थित असहज भएपछि थप उपचारका लागि शुक्रबार हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।

नाकबाट अत्यधिक रक्तस्राव भएपछि बिहीबार उनलाई धनगढीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

‘रक्तस्राव रोकिए पनि लगातार आइरहेको ज्वरो कम नभएकाले थप उपचारका लागि काठमाडौं लगिएको हो,’ मन्त्री शाहका स्वकीय सचिव जंग विकले भने । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार