चौरपाटी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित

33
SHARES
182
VIEWS

अछाम । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड चौरपाटी अछाम शाखाले सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको छ । चौरपाटी गाउपालिका अन्तर्गत वितरण हुदै आएको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको हो ।

बैकबाट कात्तिक १६ गतेदेखि वितरण हुदै आएकोमा अधिकाशं लाभग्राहीहरुले खाता खोल्ने फाराम नभरेहको हुँदा सो सेवा बन्द गर्नु परेको बैकका शाखा प्रबन्धक अर्जुन कुमार बनले बताए । उनका अनुसार लाभग्राहीहरुको खाता खोल्ने फाराम नभरेको हुदाँ सामाजिक सुरक्षा भत्तामा असहजता भएकाले भत्ता वितरण कार्य अर्को सुचना जारी नभएसम्मका लागी सो कार्य स्थगित गरिएको हो ।

यस्तै खाता खोल्न फारम तथा केवाईसी फारम नभरेका लाभग्राहीहरको वडागत विवरण गाँउपालिकामा पठाईसकोले सम्बन्धित वडा कार्यालयहरुले सोही बमोजिम समन्वय गरी आवश्यक सहयोग गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार