अछाम । समिट एयरले बुधबार साफेबगर बिमानस्थममा २ उडान भरेको छ । एयरलाईन्सले धनगढी २ उडान भरेको हो । पहिलो उडानमा बच्चा सहित २२ जना धनगढी लियर गएको बिमानले धनगढी बाट १९ यात्रु लियर अछाम आएको समिट एयरलाईन्स अछामका प्रतिनीधी तेज कुवरले जानकारी दिनु भयो ।
उहाँका अनुसार साफेबगर बाट पुन १९ यात्रु लियर बिमान धनगढी लियर गएको हो । अछाम जिल्लामा धनगढी देखि साफेबगर हवाई सेवाको प्रचुर सम्भावना रहेको यसको निन्तरता दिन आवश्यक रहेको धनगढी बाट साफेबगर आएका यात्रु प्रकाश भण्डारीले बताउनु भएको । समीट एयरलाईन्सले धनगढी बेस बनाएर सुदुर पश्चीमका पहाडि जिल्लामा उडान भर्दै आएको छ । अछामको लागि नियमित उडान तालीका नभएपनी यात्रुको चापलाई हेरर उडान भर्दै आएको छ ।
तर कोरोना कलह हुनुपुर्ब हप्ताको दुई दिन नेपालगञ्ज बाट साफेबगर हवाई सञ्चालन भईरहेको बिमान सेवा सुचारु हुने सुरसार छैन । कोरोनाको कारण देश नै लकडाउन भएपछी नेपालगंञ्ज बाट नेपाल एयरलाईन्सले हप्ताको दुई दिन भर्ने उडान रोकेको थियो ।हाल लकडाउन हटेर आन्तरिक उडान सञ्चालन भईसक्दा समेत नेपालगञ्ज बाट साफेबगर अछामको साफेबगरमा हवाई सञ्चालनको कुनै सुरसार छैन ।
अछाम जस्ता पहाडी जिल्लामा उडान भर्ने जहाज प्राबिधीक कारणले उडाउन नमिल्ने हुदाँँ साँफेबगर लगायतका ठाउँमा उडान कटौती गरिएको नेपाल एयरलाईन्सका नेपालगञ्ज बिमानस्थल प्रमुख किरन मान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अछाम जस्ता पहाडी जिल्लामा उडान भर्नको निम्ती नयाँ जहाज नआउदाँ सम्म उडान भर्ने नसकीने बताउनु भयो ।
Discussion about this post