रेडक्रस अछामद्वारा ढकारीमा सरसफाइ सामग्री वितरण

17
SHARES
95
VIEWS

अछाम । नेपाल रेडक्रस सोसाइटी अछामले ढकारी गाउँपालिका १ मा रहेको विद्यालय र समुदायमा आज सरसफाइ सामग्री वितरण गरेको छ । ढकारीस्थित गुरूकुल मावि विद्यालयमा रहेका छात्रा र सोही विद्यालय नजिकको समुदायलाई ६० वटा व्यक्तिगत सुरक्षा सामग्री, १० वटा डष्टविन र मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले जानकारी दिएको छ ।

सरसफाइ सामग्री वितरण गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले कोरोनाबाट बच्नका लागि सरसफाइ सामग्री वितरणका लागि रेडक्रस अछामलाई धन्यवाद दिँदै सबै गाउँपालिकावासीले कोरोनाबाट सचेत र सजग रहनुपर्ने बताउनुभयो । अध्यक्ष बुढाले गाउँपालिकामा कोरोना संक्रमण हालसम्म नियन्त्रणमा रहेको भन्दै कोरोना नफैलिन लिन हरेक मानिसले आफु बचेर अरूलाई बचाउनका लागि आग्रह गर्नुभयो ।

ढकारी गाउँपालिका १ का अध्यक्ष भवानीप्रसाद उपाध्यायले रेडक्रसले विपद्का समयमा सहयोग गरेको भन्दै कोरोना संक्रमणबाट बचाउन ठूलो प्रयास गरेको बताउनुभयो । वडा अध्यक्ष उपाध्यायले कोरोनाबाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका बरिष्ट अधिकृत उमेश ढुंगानाले कोभिड १९ मा अछाम उच्च जोखिममा रहेका कारण रेडक्रसले सरसफाइ सामग्री वितरणका लागि छनौट गरेको बताउनुभयो । जोखिम न्यूनिकरणका लागि आगामी दिनमा अछाममा कार्यक्रमका लागि छलफल भइरहेको अधिकृत ढुंगानाको भनाइ छ ।

आईएफआरसीको सहयाेगमा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखा द्वारा संचालित कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त सामग्री वितरणमा वडा सदस्य दानबहादुर थापा, कार्यक्रमका रेडक्रस अछामका कोषाध्यक्ष टेकबहादुर शाही, गुरूकुल माविका विद्यालयका प्रधानाध्यापक भीमबहादुर शाही, पत्रकार र सरोकारवाला लगायतको सहभागिता रहेको थियो । रेडक्रस अछामका मन्त्री ध्रुवकुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक ताराप्रसाद भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार