रेडक्रस अछामद्वारा तुर्माखाँदमा सरसफाइ सामग्री वितरण

14
SHARES
77
VIEWS

अछाम । नेपाल रेडक्रस सोसाइटीले अछामको तुर्माखाँद ४ मा रहेको विद्यालय र समुदायमा सरसफाइ सामग्री वितरण गरेको छ ।तुर्माखाँद केन्द्रमा रहेको कालिकेश्वरी मावि विद्यालयमा रहेका छात्रा र सोही विद्यालय नजिकको समुदायलाई ७० वटा व्यक्तिगत सुरक्षा सामग्री, ६ वटा डष्टविन र मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले जानकारी दिएको छ ।

सरसफाइ सामग्री वितरण गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले सामग्री सहयोग गरेकोमा रेडक्रसलाई धन्यवाद दिँदै कोरोनाबाट बच्न सबैले सुरक्षित उपाय अपनाउन आग्रह गर्नुभयो ।

लापरबाहीले कोरोना संक्रमणबाट स्वयम् व्यक्ति र समाज सचेत र सावधानी भए मात्रै कोरोना जित्ने भनाई राख्नुभयो । आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिन रेडक्रसलाई गाउँपालिका अध्यक्षले आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका बरिष्ट अधिकृत उमेश ढुंगानाले कोरोना संक्रमण न्यूनिकरणका लागि रेडक्रसले स्थानीय तहमै आएर काम गरिररहेको बताए । अधिकृत ढुंगानाले रेडक्रसले विपदमा अगाडि आएर काम गरिरहेको भन्दै आगामी दिनमा उच्च जोखिम क्षेत्रमा काम गर्ने भनाइ छ ।

सामग्री वितरणमा कार्यक्रमका गाउँपालिका उपाध्यक्ष अमृता बुढा, रेडक्रस अछामका कोषाध्यक्ष टेकबहादुर शाही, पत्रकार शिवराज ढुंगाना र पवित्रा खड्का, कालिकेश्वरी माविका प्रधानाध्यापक मनिराम बुढा लगायतको सहभागिता रहेको थियो । रेडक्रस अछामका मन्त्री ध्रुवकुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रेडक्रस अछामका कार्यक्रम संयोजक कर्णप्रसाद रिमालले गर्नु भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार