‘निःशुल्क खाना खुवाउने अभियान नरोक्नुहोस्’ : गगन थापा

23
SHARES
127
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले खुला मञ्चलगायत सार्वजनिक स्थलमा सञ्चालन भइरहेको निःशुल्क खाना खुवाउने अभियान नरोक्न अपिल गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन बन्द गर्न निर्देशन दिएपछि थापाले खाना खुवाउने अभियानलाई निरन्तरता दिन ट्विटरमार्फत अपिल गर्नुभएको हो ।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनु भएको छ । विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, लेख्नुभएको छ ।

Capture.PNG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार