अछाम । जिल्लाकाे ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर वलीलाई कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आइतबार कर्णाली प्रदेश अस्पतालमा गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।कोरोनाको लक्षण संग मिल्दोजुल्दो लक्षण देखा परेपछि पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अधिकृत वलीले बताउनु भएको छ ।
कोरोना पोजेटिभ भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । साथै आफ्नो प्रत्यक्ष सम्पर्क आएका सबैलाई पिसिआर जाँच गरि सुरक्षित रहि सतर्कता अपनाउन हुन अनुरोध समेत गर्नु भएको छ ।
Discussion about this post