धारिलो हतियार प्रयोग गरी हत्या गर्ने अभियुक्त पक्राउ

66
SHARES
364
VIEWS

अछाम । ढकारी गाउपालीका वडा नम्बर ७ का १५ बर्षिय बालक देबेन्द्र थापालाई चक्कु प्रहार गरि हत्या गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १० गते राति ढकारी गाउँपालिका १ को बाचकोटबाट घर फर्किने क्रममा थापालाई चक्कु प्रहार गरि हत्या गरेर फरार भएका २७ बर्षिय नर बहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट इनिस्पेक्टर लोकेन्द्र सिंह गुरुको नेतृत्वमा खटिएको टोलिले कमलबजार नगरपालीका वडा नम्बर ६ मा पर्ने गैरीटाड माथिको जंगलमा लुकेर बसेको अबस्थामा हिजाे बेलुकी ४ बजे प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

हत्यामा संलग्न ढकारी गाउँपालिका ३ का ४२ बर्षिय नरेन्द्र बुढालाई भने ११ गते बिहान घरमा सुतिरहेको अवस्थामा प्रहरीले प्रक्राउ गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार