अछाम । अछाम जिल्लामा १० हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । ७ महिनाको अवधिमा १० हजार ५०४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।
कोरोना परीक्षण गरिएको दश हजार ५ सय ४ जना मध्ये १ हजार १ सय ३७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये पनी १ हजार ८७ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा हालसम्म १७ हजार ५५ जना क्वारेन्टाईनमा बसेको डाटा स्वास्थ कार्यालय अछामसंग रहेको छ ।जिल्लामा १३ हजार ६ सय ११ जना पुरुष,३ हजार ४ सय ४४ जना महिला,१ हजार १३ जना ५ वर्षमुनिका बालबालिका ,२ सय जना ६० वर्षमाथिका र ९३ जना गर्भवती महिला क्वारेन्टाइनमा बसेका स्वास्थ कार्यालय अछामले जनाएको छ ।
अहिले कोरोनाका ४६ जना संक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमित २५ देखि ३५ वर्ष उमेरका ३ सय ६७ जना रहेका छन् । सबै भन्दा कम ६५ वर्ष माथीका ९ जना रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ ।
Discussion about this post