रेडक्रस अछामद्धारा रामारोशन गाउपालिका ५ का १ सय ५० घरधुरीलाई राहात वितरण

17
SHARES
93
VIEWS

अछाम । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामले रामारोशन गाउपालिका वडान ५ का १ सय ५० घरधुरीलाई राहात वितरण गरेको छ । संस्थाको मनसुन राहत कार्यक्रम अन्तर्गत निशर्त नगद अनुदान वितरण गरिएको हो ।

रामारोशनका बाढिपिडितहरूलाई प्रति परिवार ५ हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री धुर्ब शाहीले बताउनुभयो । यश क्षेत्रका बाढिपिडितहरूलाई जिविको पार्जन गर्न सहज पार्ने उदेश्यले नेपाल रेडक्रस सोसाइटीले यो कार्य अगाडि बढाएको नेपाल रेडक्रस सोसाइटीका केन्दिय कार्यालयका बरिस्ठ अधिकृत उमेश ढुंगानाले जानकारी दिनुभएको छ ।

शुक्रबार एक कार्यक्रमको अायोजना गर्दै त्यस क्षेत्रका स्थानीयलाई सरसफाइका लागि साबुन र नगदसहित राहात बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष झंकर साउद प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाले जनतालाई राहत मात्रै भन्दापनि अब पिडित जनताहरूलाई अात्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पालिकामा राहातका नाममा थुप्रै राहत अाएको र अब सिपमुलक कार्यक्रम सहित अात्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने भन्दै अब अन्य विकासमा जोड दिनुपर्नेमा जोड दिनुभएको छ।

बाढिले रामारोशनलाई निकै पछाडि पारेकोमा चिन्ता ब्यक्त गर्दै यसमा गाउपालिका जिम्मेवारपुर्ण ढंगले पुन निर्माणमा जुटेको बताउनुभयो । अब रामारोशनको विकासका लागि बृहत तटबन्ध अावश्यक भएकोले यस्ता कार्यमा सहयोग गर्न समेत सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष लक्षमण परियार , नेकपाका जिल्ला कमिटी सदस्य ललिता बुढा, नेपाली काग्रेसका वडा सभापति बल बहादुर बुढा, रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्यवस्थापन समितिका कार्यकारी निर्देशक गंगा कुवर, पत्रकार महासंघका कोषाध्यक्ष टेक बहादुर थापा, अस्थायी प्रहरी पोष्ट ईन्चार्ज भुवन पाल, नेपाल रेडक्रस सोसाइटीका उप कोषाध्यक्ष सर्प सिं बिक, मंगलसेन उपशाखा सचिव धन कुमार केसी, लगायतको सहभागीता रहेको थियोे ।

अापत विपत परेको बेला रेडक्रसले वितरण गरेको राहातले अाफुहरूलाई ठुलो सहयोग पुगेको भन्दै स्थानीयले खुसी ब्यक्त गरेका छन । स्थानीयले पनि अागामि दिनमा दिर्घकालिन योजना सहित अाउन अनुरोध गरेका छन । कार्यक्रमको संञ्चालन नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री धुर्ब कुमार शाहीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार