नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

24
SHARES
133
VIEWS

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७९ को पीसीआर गर्दा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै, बिहीबार ३ हजार ३८ जना डिस्चार्ज भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार