कांग्रेसलाई ठुलो धक्काः ३ सय बढी सक्रिय कार्यकर्ता नेकपामा प्रवेश

69
SHARES
385
VIEWS

कैलालीको गोदावरी नगरपालिकामा रहेका नेपाली काँग्रेसका नेता गणेश जिमी साउदको नेतृत्वमा करिव ३०० जनाले नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टिका लगाई नेकपा पार्टीमा प्रबेश गराएका हुन् । काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नव आगन्तुकलाई पार्टीमा स्वागत गर्दै मन्त्री भट्टले नेपाली जनताको सच्चा पार्टी नै नेकपा भएकोले सबैलाई गोलबद्ध हुन आग्रह गरेका थिए ।

नेकपा गोदावरी नगरकमिटीका सचिब आनन्द भट्टका अनुसार यो कोरोनाको कहरको समयमा सबै जना आउदा भिड भाड सँगै सरकारले लगाएको नियम मिचिने भएका कारण करिब ३०० को हाराहारीमा पार्टी प्रबेश गर्नेको नामावली हामीलाई प्राप्त भएको कुरा समेत जानकारी गराए । पार्टी प्रबेश गर्नेहरुलाई नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा टिका लगाई पार्टीमा प्रबेश गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार