कास्की । पोखरामा थप एकजना कोरोना संक्रमित महिलको मृत्यु भएको छ । गए राति १२ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उनको ज्यान गएको हो
अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् ।कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिनुुभएको छ ।
अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।
Discussion about this post