मेरो खातामा आएको दसैं भत्ता कट्टी गरियोस् : भीम रावल

33
SHARES
182
VIEWS

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि सांसदसमेत रहेका रावलले भत्ता नलिने व्यवस्था गर्न माग गरेका हुन्।

आइतबार ट्वीट गर्दै रावलले आफ्नो खातामा पनि भत्ताको रकम राखेको थाहा पाएको उल्लेख गरेका छन्। ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।‘

सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ। ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ उनले भनेका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्ने पनि रावलले बताएका छन्। संघीय संसदले बनाएको कानुनमा दसैं भत्ता दिने व्यवस्था छैन।

तर नेकपा प्रवक्तासमेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले भने यसअघि नै तलब र भत्ता नलिने बताइसकेका थिए। उनले एक वर्षको तलब सुविधा नलिने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार