अनेरास्ववियू अछामले पूर्णता पायो, ५७ सदस्यीय जिल्ला कमिटि चयन

28
SHARES
158
VIEWS

टेकराज भण्डारी, असोज ३०, अछाम । अनेरास्ववियू अछामले संगठनको एकतालाई पूर्णता दिएको छ । जिल्ला कमिटि विस्तार गरे संगै अनेरास्ववियूको एकता प्रक्रिया पुगेको हो । विहिबार बसेको बैठकले ५७ सदस्यीय जिल्ला कमिटिको चयन गरेको हो । अनेरास्ववयू जिल्ला कमिटि संयोजक ध्रुव बहादुर रावलको अध्यक्षता तथा नेकपा जिल्ला कमिटि सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख भीम बहादुर रावलको प्मुख अथित्यतामा भएको बैठकले जिल्ला कमिटिको एकता टुग्याएको हो ।

बैठकमा अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर बिसी, गंभीर साउँदको बिशेष उपस्थिति तथा जिल्ला सहसंयोजक निरक शाहीको उपस्थितिमा जिल्ला कमिटि चयन गरिएको थियो । तत्काली नेकपा एमाले र माओवादी केन्द्रवीच एकता भए पछि दुई संगठनवीच जिल्लामा पनि एकीकरण गरिएको छ । हाल तदर्थ कमिटि चयन भएको र आगामी दिनमा पार्टीको निर्देशन अनुसार अघि बढ्ने सहसंयोजक शाहीले बताउनु भयो ।

जिल्ला कमिटि सदस्यमा भीमसेन ताम्रकार, शंकर विष्ट, नरेन्द्र खड्का, कमल कोली, लाल बहादुर साउँद, प्रमे देवकोटा, पुजा बुढा, पंकज साउँद, सुरेन्द्र साउँद, तिलक सञ्ज्याल, चन्द्र भण्डारी, सुन्दर ठकुल्ला, रुपक परियार, भरत विष्ट, कमला विक, सिद्ध प्रसाद ढुंगाना, धनबिर तिखातरी, राकेश रावल, टेक बटाला, राकेश साउँद, राजकुमार सुनार, जगत शर्मा, भजन खनाल, टंक नेपाली, राकेश कुँवर, देबेन्द्र थापा, जगत भण्डारी, नेत्र भण्डारी चयन भएका छन् ।

यसैगरी शेर बहादुर विक, जगत बजगाई, गोरख ठकुल्ला, सरस्वती केसी, रविन्द्र साउँद, शेर बहादुर साउँद, ममता ठकुल्ला, मनपुरा शाही, गौरीकला कुमारी रोकामगर, पुष्पराज सञ्ज्याल, नेत्र शाह, पार्वती बिष्ट, प्रेम रिमाल, कविता ठकुल्ला, भीम बडाहित, मनोज भुल, कर्ण बुढा, दिलिप विक, डम्बर अयडी, एकेन्द्र कुँवर, प्यारेन्द्र बोहरा, जनक रावत, राम साउँद, पुष्पा बुढा, हिउँकला जैसी, जगत बिक रहेका छन् । दुबै संगठनबाट आएका नाम राखिएका र कमिटि सानो बनाउनुपर्ने बाध्यताका कारण केही नाम छुट्न समेत गएको भन्दै सहसंयोजक शाहीले छुटेकालाई आगामी दिनमा समेटेर लैजाने बताउनु भयो । अब दशै पछि सांगठनिक गतिविधि अघि बढाईने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार