कांग्रेसलाई ठुलो धक्काः ६८ बढी सक्रिय कार्यकर्ता नेकपामा प्रवेश

68
SHARES
380
VIEWS

अछाम । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्ती डाँटीगडेमा ६८ जना बढी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । डाँडीगडेमा भएको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा डाँडीगडे टोलका ६८ जना भन्दा बढी व्यक्ति नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश भएका हुन् ।

नाम सहति लेखि आएका ६८ जना र केही भारतमा बस्नेले समेत आफु नेकपा प्रवेश भएको पत्राचार गरेका केही प्रवासी समेत नेकपा प्रवेश भएका नेकपा मंगलसैन नगरकमिटि इन्चार्ज चन्द्र बोहराले जानकारी दिनुभयो । आफु बर्षौ देखि नेपाली कांग्रेसमा रहे पनि उसले देश र गाउँको लागि कुनै काम नगरेका कारण आफुहरु नेकपा प्रवेश गरेको प्रवेशीहरुको भनाई रहेको छ । टेकबहादुर बोगटी, गणेश बोगटी, भक्त बोगटी लगायतका सक्रिय कार्यकर्ता नेकपा प्रवेश गरेका इन्चार्ज बोहराको भनाई छ ।

नेकपा वडा नम्बर १३ संगठन कमिटि सचिव एकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बोगटीले जिल्लाको समग्र विकासका लागि आफुले निरन्तर संसद, मन्त्रालय तथा विभागमा आवाज उठाईरहेको बताउनु भयो ।

आफ्नो पहलबाट पछिल्लो समय जिल्लामा सडक, स्वास्थ्य भवन, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा बजेट बिनियोजन भई काम भैरहेको र योजनाको प्रभावकारीताका लागि स्थानीयले समेत खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । सांसद बोगटीले नवप्रवेशीलाई अविर र माला लगाई पार्टी प्रवेश गराउनु भएको थियो । प्रवेशीलाई अब सक्रियताका साथ पार्टीको सिद्धान्त अनुसार अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि मंगलसैन नगरपालिका प्रमुख पदम बोहराले आफुले चुनावमा गरेको बाचा अनुसार काम गरिरहेको भन्दै बस्तीको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । बस्तीमा सडक, विद्युत, खानेपानी लगायतका पूर्वाधार विकासका लागि नगरले बजेट छुट्याई योजना बनाएको नगरप्रमुख बोहराको भनाई छ ।

कार्यक्रममा नेकपा मंगलसैन नगरकमिटि ईन्चार्ज चन्द्र बोहराले पार्टी प्रवेशीलाई स्वागत गर्दै बधाई दिनुभयो । जनताको पार्टी र जनताका जनजीविकाका सवाललाई पहिले देखि उठाउँदै र कार्यान्वयन गर्दै आएको पार्टी नेकपा भएको उल्लेख गर्नुभयो । अहिले दुई तिहाईको सरकारले केही गरेन भन्ने भ्रम फैलाईएको भन्दै कोरोना कहरका वीचमा पनि सरकारले राष्ट्र, राष्ट्रियता, विकास निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको ईन्चार्ज बोहराको भनाई छ ।

मंगलसैन नगरकमिटि अध्यक्ष बृख बोगटी, नगरकमिटि सदस्य पूर्ण राना, गौरब नेपाली, धर्म नेपाली, रतन धामी, कर्ण धामी, शिक्षक महासंघका नगर अध्यक्ष मदन बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका भीम बोगटी, जय बोगटी, दान बहादुर बोगटी, सर्प बोगटी लगायतले मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार