नक्कली फेसबुक पेज बनाई चर्चित नेपाली कलाकारको यस्तो सामाग्री लिक गर्ने व्यक्ति पक्राउ

43
SHARES
239
VIEWS

काठमाडौं । नक्कली फेसबुक पेज बनाई लज्जाजनक र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ । प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप बिगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले लज्जाजनक गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो ।

उनीविरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुनअनुसार कारवाहीका लागि व्यूरोमा पत्राचारसमेत गरेको थियो । सोही निवेदनका आधारमा उनीमाथि व्यूरोले अनुसन्धान थालेको थियो । उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले हदैसम्मको सजाय माग दावी लिई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको व्यूरोले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच व्यूरोले बाल कुत्सित फैलाउने काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने प्रविण ढकाल विरुद्ध समेत मुद्दा चलाइएको जनाएको छ । सामाजिक सञ्जाल र फेसबुक म्यासेन्जरबाट अश्लिल श्रव्यदृश्य पठाइ हैरानी पारेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले विद्युतीय कारोबार ऐन अन्तरगतको कसुर गरेकाले काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको अर्यालले बताउनुभयो ।जनबोली न्यूज नेटवर्क बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार