अछाम थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलबजार नगरपालिकमा संचालनमा आएको पिसिआर प्रयोगशालामा भएको परिक्षणमा थप १२ मा कोरोना संक्रमण देखिएको हो ।
कमलबजार नगरपालिकाका ५ र मंगलसेन नगरपालिकाका ७ जना गरी १२ जनामा संक्रमण देखिएको छ । बुधबार १ सय २० जनाको परिक्षण गरिएकोमा १२ जनामा संक्रमण देखिएको कमलबजार पिसिआर प्रयोगशलाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
उहाँका अनुसार संक्रमण देखिएका मंगलसेनका १२ र १४ नम्बर वडाका ५ जना पुरुष र २ जना महिला तथा कमलबजारका १, ६ र ८नम्बर वडाका ५ जना पुरुष रहेका छन् ।
Discussion about this post