कैलाली।सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा दार्चुलाका बाढी पिडित तथा कोभिड १९ बाट समस्या खेपि रहेका ५० घरपरिवारलाई खाद्यान्न तथा कमम्ल बितरण गरेको छ । दार्चुलाको बिभिन्न गाउँपालिकामा अविरल वर्षाका कारण विस्तापित भएका परिवारलाइ खाद्यान सामग्री दाल,चामल, नुन तेल ,तथा कमम्ल र बाल्टिङ बितरण छ ।
विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी सुदूरपश्चिमेली नेपाली समाजहरु ,कुबेत,कतार, डेनमार्क, युरोप,भारत, मकाउ, ईजरायल अमेरिका,मलेसिया,युएई, अस्ट्रेलिया,क्यानडा ,पोर्चुगल,कोरिया,बहराइन,जापान, साउदी,अरबिया लगायत अन्य मुलुकमा स्थापना भएका सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत घरबार विहिन अवस्थामा रहेका पिडित परिवारहरुलाइ र पारिवारिक स्थिति कम्जोर भएका र जीविकोपार्जन गर्न कठिनमा परेका पिडितहरुको समस्यालाई मध्यनजर गर्दै वर्तमान परिस्थितिमा पिडित परिवारहरुलाई आवश्यक खाद्यान सामाग्रीहरु हस्तान्तरण गरेको सुदुर पश्चिमेली नेपालि समाजका अध्यक्ष धन बहादुर बलायर बताए ।
समाजले विभिन्न चरणमा कार्यक्रम आयोजना गरि राहत बितरण गरिएको छ । पहिलो चरणको राहत भाद्र ४ गते महाकाली नगरपालिका र नौगड गाउँपालिकामा बितरण गरेको थियो भने दोस्रो चरणको राहत वितरण कार्यक्रम भाद्र ५ गते लेकम गाउँपालिका’का पिडितहरुलाई राहत वितरण गरेको थियो ।
त्यस्तै तेस्रो चरणको कार्यक्रम पनि भाद्र ८ गते मालिकार्जुन गाउँपालिकाका बाढि पहिरोको कारण बिस्तापित भएका परिवारलाई राहत वितरण गरिएको छ । उक्त गाउँपालिका’का अध्यक्ष नरेन्द्र सिह धामीको प्रमुख आथित्यमा पिडित परिवारहरुलाई खाद्यान्न सामाग्री चामल ,दाल ,नुन,तेल र बाल्टिन बितरण गरेको संस्थाका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।
यस परोपकारी कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने साथै स्थानिय तहमा सक्रिय भूमिका निर्वाह गरि कार्यन्वयन गर्न सहयोग पुर्याउने पुष्प राज जोशी, धन्जय जोशी,राजेन्द्र जोशी, खेमराज जोशी, संचारकर्मी, स्थानिय जनप्रतिनिधि,लगायत सम्पुर्णलाई समाजले धन्यवाद ज्ञापन समेत गरेको प्रचार प्रसार विभाग प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो ।
Discussion about this post