नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

22
SHARES
124
VIEWS

काठमाडाैं : बाँके नरैनापुरका १२ सहित नेपालमा थप १८ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। साेमबार साँझसम्म ३ सय ५७ रहेकाे संख्या बढेर ३ सय ७५ पुगेकाे हाे।

धनुषा निवासी २ जना पुरुष, खाेटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक पुरुष छन्। त्यस्तै हालसम्म संक्रमण नभेटिएकाे तराईकाे सुनसरी जिल्लामा पनि एक जना संक्रमित फेला परेका छन्। त्यसैगरी झापाका एक थप एक पुरुषमा पनि संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

उनीहरु सबै जना स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेका बताइएकाे छ। यससँगै साेमबार मात्रै नेपालमा ८० जना नयाँ संक्रमित भेटिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार